‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’



इनरुवा । सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति रहेको थियो ।


रामधुनी मन्दिरमा पूजा नरोकिएकोे रामधुनी नगर प्रमुख चौधरीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।