नेपालद्वारा नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य



काठमाडौँ। आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि १७३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको हो ।


खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे ।