सुदूरपश्चिममा आज अट्वारी पर्व, प्रदेशभर सार्वजनिक बिदा



कैलाली । सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन् ।

विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ । यो पर्वको अवसरमा आइतबार सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।


अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमामा पर्दछ । शनिवार दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ ।विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।