एमाले बागमती अधिवेशन : मतदान सम्पन्न, परिणाम आजै आउने



काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

मतदानमा एक हजार एक सय ३१ मत खसेको छ । एक हजार एक सय ७२ मतदाता थिए । एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेर ३० मिनेटबाट सुरु भएको मतदान ८ घण्टा चलेको थियो ।


केहीबेरमा मतगणना सुरु गरिने तयारी गरिएको छ । भने मध्यरातसम्ममा नतिजा आउने बताइएको छ । बागमती प्रदेशको अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भएको छ ।