इजराइली सेनाद्वारा गाजाको राफाह सीमा क्रसिङमा आक्रमण



प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मङ्लबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ । प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरेको तथा इजराइली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको बताए ।

गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिअनुसार राफाह सीमा क्रसिङ र केरेम शालोम दुवैमा यात्रु र मानवीय सहायताको आवागमन रोकिएको छ । इजराइली सेनाले सीमा क्षेत्रमा ट्याङ्क आक्रमण गरिरहेको भिडियो सावैजनिक गरेको छ ।


यसैबीच, सामाजिक सञ्जालमा जारी गरिएका अन्य तस्बिरहरूमा राफाह सिमानाको प्रवेशद्वारमा इजराइली झण्डा फहराएको देखाइएको छ । युद्धग्रस्त तटीय इलाकामा २३ लाखभन्दा बढी प्यालेस्टिनीहरूका लागि राफाह सीमा क्रसिङ एक मात्र एक मध्याम हो ।

सोमबार राति इजिप्टले प्यालेस्टिनी पक्षलाई राफाह क्रसिंगको प्यालेस्टिनी पक्षको वरपर इजराइलको सुरक्षा अभियान मङ्गलबार बिहान समाप्त हुने जानकारी दिएको एक उच्चपदस्थ सुरक्षा अधिकारीले सिन्ह्वालाई बताए ।

इजिप्टले इजिप्ट र गाजा पट्टीबीचको एकमात्र मार्ग राफाह क्रसिङको प्यालेस्टिनी पक्षको वरपर इजराइली आक्रमणको बारेमा सोधपुछ गरी इजराइलले मङ्गलबार बिहान अपरेसन समाप्त हुने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार इजराइलले क्रसिङमा प्रवेश गर्ने छैन वा यसलाई नियन्त्रण गर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here