जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी



टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।


जेएमएले मानिसहरूलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।