बयान दिन सीआईबी कार्यालय पुगेको थिएँ, त्यसै फर्काइयोः चन्द्रदेव जोशी



काठमाडौं । पूर्वमन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बयान नै नलिई फर्काएको छ । ललिता निवास प्रकरणमा सोमबार दिउँसो बयान दिन सीआईबी कार्यालय पुगेका जोशीलाई बयान नलिर्ई फर्काइएको हो ।

जोशीले सामाजिक संजालमा लेखेका छन्, ‘पहिलो पटक सिआईबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुइँन ।’


केही साताअघि पूर्वमन्त्री जोशीसहित विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले पक्राउ नगरी सीआईबीले मुद्दाको फाइल सरकारी वकिलको कायालयमा लगेको छ ।