दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो । 


देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो । 

दादुरारुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ । 

मन्त्रलायले यसअघि खोप लगाएको भए पनि अभियानका क्रममा बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा लैजान अभिभावलाई आग्रह गरेको छ । 

यसअघि नेपालमा १३ जिल्लामा दादुरारुवेला रोगको संक्रमण देखिएको थियो ।