अडियो प्रकरणमा कैलाश सिरोहियासहित छ जनालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले बाहिर ल्याएको अडियो प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासहित छ जनालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीद्वय हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले कान्तिपुर ग्रपका अध्यक्ष सिरोहिया, अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एसपी सञ्जय थापा र किशोर विष्टलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो ।


सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्ध सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरे अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा कँडेल, ढुंगाना र उक्त सामग्री उपलब्ध गराउने राजकुमार तिमल्सिनाको बयान सकिएको छ । उनीहरु तीनै जनालाई साधारण तारेखमा छाडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here