राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको म्याद थप गर्ने निर्णय गरेको हो ।

रक्षा मन्त्रालयअन्तर्गत गठन आदेशबाट सञ्चालित भइरहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको म्याद यही वैशाख २६ गते सकिँदै थियो । मन्त्रिपरिषद्को नियमित बैठकअघि नै उक्त समितिको म्याद सकिने अवस्था आएकाले आज बैठक बस्नुपरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।


‘यसको समय ४ वर्षका लागि भनेर तोकिएको रहेछ । ४ वर्ष चाहीँ २६ गते पुग्दैरहेछ । त्यसकारणले गर्दा अहिले नयाँ विधेयक बनिनसकेको, कानुन बनिनसकेको र नियमित क्याविनेटको बैठकसम्म गठन आदेशको समय पनि पूरा भइसक्ने हुनाले यसको थप एक वर्ष म्याद थप गर्ने भन्ने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन् ।

साथै, आजको बैठकमा विकास समितिको म्याद थप बाहेक अर्को कुनै निर्णय नभएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here