गोफर्स्ट एयरलाइन्सका सबै उडानहरू जून १२ सम्म रद्द



गोफर्स्ट एयरलाइन्सले परिचालन कारण देखाउँदै जुन १२, २०२३ सम्मका सबै उडान रद्द गरेको जानकारी दिएको छ ।

गोफर्स्ट एयरलाइन्सले उडान रद्द गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यात्रुलाई सम्पूर्ण रकम फिर्ता गर्ने बताएको छ ।


एयरलाइन्सले टिकट बुकिङको लागि भुक्तानी गरेको मूल मोडमा पैसा फिर्ता गरिने बताएको छ।

यससँगै एयरलाइन्सले छिट्टै पुनः बुकिङ सुरु गर्ने बताएको छ ।