सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स र एपीएफको बराबरी



काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेलेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । 


तर, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने  फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।