मिटर ब्याजसम्बन्धी छानबिन आयोगद्वारा पीडितबाट उजुरी आह्वान, १५ दिनको म्याद



काठमाडौं । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । आज (बिहीबार) आयोगले उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते (१५ दिन) भित्र दिइसक्न आग्रह गरेको छ ।


आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय सञ्चालनमा ल्याउँदैछ । सरकारले गत चैत २० गने तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।