जापानी प्रधानमन्त्रीलाई लक्षित गरी वम प्रहार



जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भाषण गरिरहेको समयमा एउटा विस्फोटन भएको छ । उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख छ देशको पश्चीमी शहर वाकायाममा शनिबार बिहान उक्त घटना भएको हो।

अहिलेसम्म यसको पूर्ण जानकारी आइसकेको छैन । टेलिभिजन फुटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ ।


एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो । जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ।