पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग दिने युएई र चीनको प्रतिबद्धता



पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग दिने युएई र चीनको प्रतिबद्धतापाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (युएई) र चीनले एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

युएईका अर्थमन्त्री इशाक डारले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउनका लागि एक अर्ब डलरको प्रतिबद्धता जनाएको बताए । डारका अनुसार चीनले शुक्रबार पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । ‘युएईका अधिकारीहरूले पाकिस्तानलाई एक अर्ब अमेरिकी डलर को द्विपक्षीय सहयोगको लागि आईएमएफलाई जानकारी गराएका डारले जानकारी गराएका छन् ।


उनले देशको केन्द्रीय बैंकले निक्षेप प्राप्त गर्नका लागि कागजात तयार गरिरहेको जानकारी दिए । पाकिस्तानले सन् २०१९ मा आईएमएफसँग ६ दशमलव ५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो, तर पटक–पटक शर्तमा पछि हटेको छ र अहिलेसम्म तीन अर्ब डलर मात्र जारी भएको छ ।