चार हजार तीन सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए



काबुल । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् ।

दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनमा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् ।


अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन् । अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ ।

देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।