ए डिभिजन लिगमा आर्मीद्वारा फ्रेण्ड्स पराजित



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीले फ्रेण्ड्स क्लबलाई पराजित गरेको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई २–१ गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।


खेलको इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितपछि ५ खेलमा ८ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लेको छ । फ्रेन्ड्सले ५ खेलबाट ४ अंक जोडेको छ ।