भारतद्वारा नयाँ रकेट प्रक्षेपण



भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आफ्नो नयाँ रकेट, स्मल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । रकेटका माध्यमबाट भारतले शुक्रबार तीनवटा उपग्रहहरूलाई पृथ्वी कक्षमा राखेको छ ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९ः१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो ।


गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो ।