रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 



काठमाडौं । रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ । 

रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका बताइएको छ । 


शनिबार दिउँसो २ बजे बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले भनइ छ । 

घाइते भएका ६ जनालाई उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। चालक रामेछाप नगरपालिका–५  मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमती ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here