सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै



कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।