आज सेयर बजार बन्द



काठमाडौँ । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।


सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।