बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन



बाग्मती । बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ ।

बाग्मती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन । समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउछन् ।


गत शुक्रबार बसेको बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो । बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए ।

सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बाग्मती प्रदेशसभामा एक सय १० जना प्रदेशसभा सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here