मा‌ओवादी अध्यक्ष प्रचण्ड र भाजपाका अध्यक्ष नड्डाबीच भेट



काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।

आइतबार बिहान नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा प्रचण्ड र नड्डाबीच भेट भएको हो । प्रचण्डलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मुख्यालयमा स्वागत गरिएको थियो ।


नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर समेत सहभागी थिए। त्यसक्रममा अध्यक्ष नड्डाले ’नो बीजेपी’ अर्थात् भाजपालाई जान्नुस् अभियानबारे ब्रिफिङ गरेका छन् ।

शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्डले शनिबार विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्चस्तरीय भेटघाट गरेका थिए। अध्यक्ष प्रचण्ड आज नै स्वदेश फर्कने कार्यक्रम छ।