कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त



काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतक र सचेतक नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि मुख्य सचेत रहेका बालकृष्ण खाण गृहमन्त्री नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो भने सचेतक पुष्पा भुसाल गौतम उपसभामुख चयन भएपछि पद रिक्त थियो ।