वामदेव गौतमले घोषणा गरे नयाँ दल



काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरेका हुन् ।  


एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।

पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन् । आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ । पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुन:गठन गर्नु रहेको छ ।