राष्ट्रियसभाले पनि पारित ग-यो विनियोजन विधेयक



काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ बहुमतले पारित गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘विनियोनन विधेयक, २०७९ लाई पारित गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।


विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।