कैलालीमा लिफ्ट मागेर चढेका ३ जनाले कुटपिट गरी गाडी नै लुटे



धनगढी । कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन् । उनीमाथि केही व्यक्तिले आक्रमण गरि ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएकाे छ ।

भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार भारतीय जस्तो देखिने ४÷५ जनाको समुहले उनलाई आक्रमण गरेको भनिएको छ । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गणेशदत्त भट्टले बताए ।


अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । पर्यटक जस्ता देखिने ३ जना मान्छेले घुमाउन लगिदेउ भनेर गोदावरीको माथिल्लो उकालोतिर भण्डारीलाई लगि कुटपिट गरि बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भण्डारीलाई उपचारका लागि धनगढी ल्याइन लागिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।