रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइवटा ट्यांकरमा आगलागी



बुटवल । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी भएको छ । डिपोमा ट्याङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ ।


प्रहरी नायब निरीक्षक डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।