इलाम–२ मा सुहाङले लिए अग्रता



इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । 

प्राप्त विवरण अनुसार एमालेका सुहाङ नेम्वाङले २५४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २१९६ मत प्राप्त गरेका छन् । 


फाकफोकथुम गाउँपालिकाका चार वडाको मत गणना सकिदा एमालेका सुहाङ ३४६ मतले अगाडी रहेका छन् ।   

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन् ।