मध्यपुरथिमि–२ मा कांग्रेसका श्रेष्ठ विजयी



भादगाउँ । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन् ।


वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् ।