एमाले उम्मेदवारकी श्रीमती मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ



बुटवल । बुटवलमा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बाँडेको आरोपमा भट्टराईकी श्रीमती माया भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनी अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा छिन् । स्थानीयले उनलाई पैसा बाँडेको आरोप लगाएका छन् ।

उनी सिर्जना भुसालको घरभित्र लुकेकी थिईन् । बाहिरबाट ढोकामा ताला लगाएर उनलाई भित्र लुकाईएपछि प्रहरीले ताला फोरेर हेर्दा उनलाई ढोकाको पछाडि लुकेको अवस्थामा फेला पारेको हो । तर, उनको साथमा पैसा फेला नपरेको बताइएको छ । मौैन अवधिमा एमालेले मतदाता प्रभावित पारेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।