नेपाली साहित्यमा विद्यावारिधि गरेपछि ढकाल बने डाक्टर परशुराम



१२ असाेज । खाने मुखलाई जुँगाले छेक्दैन, प्रगति गर्ने मान्छेलाई वाधा व्यवधानले कहिल्यै रोक्दैन । यो भनाई ठयाक्कै प्रमाणित गरिदिएका छन्, साहित्यनुरागी तथा एकजना व्यस्त कर्मवीर परशुराम ढकालले ।

नेपालमै रहेर केही गर्न खोजिरहनु भएका, नेपाली भाषाको पक्षमा शतीसाल झैं उभिदै आएका र नेपाली साहित्यको क्षेत्रमा सधै वकालत गर्दै, कलम चलाउदै आएका स्याँग्जाका एक युवा प्रतिभा परशुराम ढकालले नेपाल संस्कृत विश्वबिद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधि पुरा गरेका छन्


ढकालेले “कृष्णप्रसाद पराजुलीको प्रबन्धकाव्यकारिता“ बिषयमा विद्यावारिधि गरेका हुन् । ढकालका सहपाठी शेखर दाहालले पनि बौद्ध दर्शन,कौशिला रिसाल र प्रकाशप्रसाद लुइँटेलले नेपाली साहित्य र कैलाश भगत प्रधानांगले राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् ।

दाहालले “विलासबज्रकृताया नाममन्थार्थाबलोकिनीटीकाया ससमिक्ष सम्पादनम“,“रिसालले अश्वघोष विचरित महाकाव्यहरुको दार्शनिक अध्ययन“,लुइँटेलले “इन्द्रबहादुर राईका समालोचनामा तत्सम शव्दको प्रयोग“ र प्रधानांगले “विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजबाद र कौटिलीय राज्यव्यवस्थाको तुलनात्मक अध्ययन“ बिषयमा विद्यावारिधि गरेका हुन् ।