दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित



२० भदाै । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो । 

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।


यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सकिएको थियो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए। 

दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन्। अब नेपाली टिम साफ च्याम्पियनसिपको तयारी गर्न कतार जानेछ। त्यहाँ १५ दिन तयारी गरेपछि नेपाली टिम उतैबाट माल्दिभ्स पुग्नेछ।