कोशीमा बजेट अधिवेशन बोलाउन मुख्यमन्त्रीले पठाए दोस्रो पत्र



विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख्लाई पुनः पत्र पठाएका छन् ।

गत २६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा बोलाउन निर्णय गर्दै पत्र पठाएको थियो । तर, हालसम्म पनि बैठक आह्वान नभएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदीप सुनुवारलगायतका मन्त्रीमार्फत प्रदेश प्रमुख पर्शुराम खापुङलाई पुनः अर्को पत्र पठाएका हुन् ।


प्रिबजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here