थप १०८९ जनामा सङ्क्रमण पुष्टी, २० काे मृत्यु



२० भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । आज सार्वजनिक तथ्याङ्कअनुसार गत २४ घण्टामा ७ हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हाल नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्यामा १ हजार २४८ रहेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ५३४ जना काराेना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २७ हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । हाल सङ्क्रमण निको हुने दर ९४.५ प्रतिशत छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप २० जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् । याे संगै काराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल सङ्ख्या १० हजार ८३८ पुगेकाे छ ।

त्यस्तै ५२३ जना सघन उपचार कक्षमा, १६२ भेन्टिलेटर, २९ हजार ८१ होमआइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।