मन्त्रालयको भागबण्डामा मिलाउन बालुवाटारमा सत्तारुढ गठनबन्धनको छलफल



बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ। गठबन्धनमा रहेका दलहरूको बैठक जारी रहेको छ ।

नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी छ ।


गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी छन् ।