सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन



१५ भदाै । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो। गठबन्धनमा आबद्ध पार्टीबिच मन्त्रिपरिषदको विस्तारकालागि बसेको शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न भने सकेको छैन। 

नेताहरुबीचको सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ५ मन्त्रालयमा पाउने भएको छ भने माओवादी, एकीकृत समाजवादी र जसपाले ५ मन्त्री र एक–एक राज्यमन्त्री पाउने सहमति भएको छ । सबै मन्त्रालय टुङ्गो लगाउनुअघि एकीकृत समाजवादी र जसपाले पाउने मन्त्रालयका विषयमा सहमति हुन नसकेको हो ।


एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरि बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ।

छलफलबाट सहमति नभएकाले पुनः बैठक बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ ।आगामी बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएपनि बैठकको मिति भने तोकिएको छैन।