नेपाली सेनाले माग्यो पण्डितदेखि प्राविधिकसम्म



काठमाडौं । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा आवेदन माग गरेको हो ।

आवेदन तोकिएका पदअनुसार अन्तिम मिति जेठ १९ गतेसम्म दिन सकिनेछ । तलब, भत्ता, तथा रासन सुविधा नेपाली सेनाको नियमानुसार हुने बताइएको छ । आवेदनका लागि भाैतिक रूपमा नेपाली सेनाको केन्द्रीय भर्ती छनौट केन्द्र स्वयम्भू, काठमाडौंमा पनि आवेदन दिन सकिनेछ ।


साथै, आधिकारिक बेवसाइट www.nepalarmy.mil.np मा गइ ज्वाइन नेपाल आर्मी अप्सनभित्र रिक्रुटमेन्ट एन्ड सेलेक्समा गएर अनलाइन अप्लाइ पनि गर्न सकिनेछ । ​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here