बाइडन र पुटिनकाे पहिलाे भेटः राजदूतहरू छिट्टै ठाउँमा फर्काउने सहमति



अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच स्विट्जरल्यान्डको जेनेभामा भएको पहिलो शिखर सम्मेलनबाट दुवै देशले आआफ्ना राजदूतहरूलाई एक अर्काको देशमा फर्काउने सहमति भएको छ ।

दुवै नेताले छुट्टा छुट्टै गरेको प्रेस सम्मेलनमा भेटवाता सकरात्मक र रचनात्मक भएको बताएका छन् ।


उनीहरू बिच धेरै अन्तर्राष्ट्रिय राजनीतिक विषयमा वार्ता भएको राष्ट्रपति पुटिनले बताए ।

दुवै देशको सम्बन्ध सबै भन्दा कमजोर अवस्थामा रहेको बेला तनावका कारण स्वदेश फर्काइएका राजदूतहरूलाई एक अर्काको देशमा फेरि पठाउने सहमति दुई राष्ट्रपति बिचको छलफल पछि सहमति बनेको हो ।

पुटिनले वार्ता सकारात्मक भयो र यसमा कुनै शत्रुता नदेखिएको बताए ।

पुटिनले बाइडन एक अनुभव व्यक्ति र राजनेता भएको बताए ।

साइबर आक्रमण लगायतका विषयमा कुराकानी भएको पनि पुटिनले जनाए ।

बाइडनले पनि भेटवार्ता सकारात्मक रहेको बताएका थिए ।

बाइडनले जे गर्न आएको त्यही गरेको प्रतिक्रिया दिएका छन् ।

दुई नेता बिच जुन १६मा आयोजनामा गरिएको शिखर सम्मेलनबाट हुने सहमतिबारे सार्वजनिक नगर्ने सहमति भएको देखिएको थियो ।