सामुदायिक वनभित्र पुरुषको शव फेला



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो ।

“शवको पहिचान हुन सकेको छैन”, उनले भने, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।” शव १५/२० दिन अघिको हुनसक्ने अनुान गरिएको छ ।


नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिसे शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here