बझाङमा चट्याङ लागेर चार जना घाइते



गडराय। बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्।

मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन्। घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन्। एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले जानकारी दिए।


घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लगिएकाे स्थानीय फिट्टु खड्काले बताए। चट्याङले घाइते भएको खबर सुन्नासाथ खप्तडछान्ना गाउँपालिकाको अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here