जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध



भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुरेश सुवेदीले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको भन्दै न्यूनीकरणका लागि तीव्र गति र ओभरटेक निषेध गरिएको बताए । उनले जङ्गल क्षेत्रमा उक्त नियम लागू भएको भन्दै नियमितरुपमा सवारी चालकलाई सचेतना प्रदानसमेत गरिने जानकारी दिए ।

हिजो ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउनुका सथै तीव्र गतिमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो ।

“यो सडकमा तीव्र गति र ओभरटेक गरी सवारी चलाएको कारण दुर्घटना धेरै भएको अध्ययनले देखाएको छ”, प्रहरी निरीक्षक सुवेदीले भने, “दुर्घटना कम गर्न ओभरटेक नगर्न र प्रतिघण्टा ४० किमीभन्दा बढीको गतिमा सवारी नचलाउन हामीले सवारी चालकलाई सचेतना प्रदान गरेका छौँ ।” उनका अनुसार सडक डिभिजनले टिकौली जङ्गलभित्रको राजमार्गमा सेतो सीधा रेखा कोरेको छ । जुन रेखाले ओभरटेक गर्न नहुने सङ्केत गर्छ ।

ट्राफिक प्रहरीले बेला–बेलामा टिकौली जङ्गलमा राडर गनको प्रयोग गरी सवारी साधनको गति मापन गर्दै आएको प्रनि सेवेदीले जानकारी दिए । तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही हुँदै आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here