उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी



काठमाडौँ । बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले उदरपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ । 

कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका  अनुसार केही करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको छ । 


सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’

तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने जनाइएको छ । 

सूचना हेर्नुहोस् 
Capture

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here