इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनहम हट्सपरलाई ४–२ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका मोहम्मद सलाह, इन्ड्रयु रोबर्टसन, कोडी गाक्पो र हार्वे इलियटले एक–एक गोल गरेका थिए । टोटनहमका रिचार्लिसन र सन ह्युङ–मिनले एक–एक गोल फर्काएका थिए ।


खेलमा लिभरपुलले लगातार ४ गोल गरेपछि टोटनहमले २ गोल फर्काएको थियो । खेलको १६औँ मिनेटमा लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ४५औँ मिनेटमा रोबर्टसन, ५०औँ मिनेटमा गाक्पो र ५९ मिनेटमा इलियटले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाएका थिए ।

त्यसपछि टोटनहमका रिचार्लिसनले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्यए । यस्तै, ७७औँ मिनेटमा ह्युङ–मिनले गोल गरे पनि लिभरपुलसँगको हारलाई टार्न सकेनन् ।

यो जितसँगै लिभरपुल ३६ खेलबाट ८१ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । ३५ खेल खेलेको टोटनहम ६९ अंकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै, पहिलो स्थानमा रहेको आर्सनलको ८३ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here