उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद



म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा चार लाख ५४ हजार एक सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो । बरामद लागूऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ ।


यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ । उनीहरूलाई मुलुकको लागूऔषध र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here