अब पार्टी फुट्ने पालो माओवादी केन्द्रको : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी माओवादी केन्द्रले फुटाएको दाबी गरेका छन् । पार्टी फुटेको ६ दिनपछि आज यादवले मुख खोलेका हुन् । उनले आफ्नो पार्टी फुटाएको भन्दै माओवादीपनि फुट्ने जिकिर गरे ।

आज (शुक्रबार) रफत सञ्चार क्लबले आयोजना गरेका अन्तरसम्वादमा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि यादवले सिसाको घरमा बसेर अरुको घरमा ढुंगा हानिएको भन्ने अभिव्यक्ति दिएका थिए । यादवले पार्टी फुटाएका अशोश राईहरुको गन्तव्य अब एमाले र माओवादी हुनेपनि दाबी गरे ।


प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । तर, यादवले आँफै सरकार नछोड्ने स्पष्ट पारिसकेका छन् । उनले आफूहरुको कारणले सरकारको स्थायित्वमा कुनै असर नपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here