सुदूरपश्चिममा फेरि किचलो : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने



धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो ।


एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफुहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् ।

एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबि गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here