सुडानी सहर एल फसर वरपरको अवस्थालाई लिएर चिन्ता व्यक्त



संयुक्त राष्ट्रसङ्घ । सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशर वरपर भएको सशस्त्र भडपसँगै बढ्दो तनावप्रति संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शनिबार चिन्ता व्यक्त गरेको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र उनीहरूका सहयोगी लडाकूहरूले एल फशरमा गरेका आक्रमणमा गहिरो चिन्ता व्यक्त गरेको र हिंसाबाट भागेका लाखौं मानिसहरूलाई अन्यत्र आश्रय दिइरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सन् २०२३ अप्रिल १५ देखि एक अर्कासँग लडिरहेका सुडानी सशस्त्र बल र आरएसएफ लडाकूहरूलाई एल फशर वरिपरि सैन्य बलहरूको निर्माण समाप्त गर्न र उनीहरूको दायित्वहरूको पालना गर्दै परिस्थितिलाई कम गर्न कदम चाल्न अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आह्वान गरेका छन् ।

काउन्सिलका सदस्यहरूले शत्रुताको तत्काल अन्त्यको लागि उनीहरूको आह्वान दोहो¥याएका छन् । संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई बाह्य हस्तक्षेपबाट टाढा रहन र दिगो शान्तिको प्रयासहरूलाई समर्थन गर्न आग्रह गरेको छ । उनीहरूले द्वन्द्वका सबै पक्ष र संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई हतियार प्रतिबन्धसम्बन्धी आफ्नो दायित्वहरू पालना गर्न सुझाव दिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको महत्वपूर्ण मानवीय केन्द्र एल फशरमा भएका आक्रमणको विरुद्ध बारम्बार चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here