सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त



सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले शुक्रबार ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताको कार्यालयले एल फाशर शहरमा ‘समन्वित आक्रमण’ हुन सक्ने चेतावनी दिएको छ ।

“शहरमा आक्रमण भएमा सर्वसाधारणका लागि विनाशकारी परिणाम हुनेछ । तनावको यो वृद्धि पहिले नै अनिकालको सङ्घारमा रहेको अवस्थामा छ,” गुटेर्रेसले त्यहाँ युद्ध नगर्न यसअघि गरेको आह्वानलाई दोहो¥याउँदै कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाईं गत अप्रिल १४ देखि एल फाशरतर्फ अघि बढेपछि भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ४३ जनाको मृत्यु भइसकेको छ । यसअघि शुक्रबार संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले पनि शहरनजिकै भएको लडाइँप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो ।

तुर्कको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उत्तरी डार्फरको एल फाशेर शहर र त्यस वरपर बढ्दै गएको हिंसाप्रति उहाँ गम्भीररूपमा चिन्तित हुनुहुन्छ यहाँ विगत दुई हप्तामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।”

जनरल अब्देल फतह अल बुरहानको एसएएफ सेना र जनरल मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको एफएसआर अर्धसैनिक बलबीच गत वर्ष भएको लडाइँपछि देशमा लाखौं मानिस विस्थापित भएका छन् । केही समय अघिसम्म आरएसएफको नियन्त्रणमा नरहेका डार्फर राज्यको अन्तिम राजधानी एल फाशेर युद्धबाट तुलनात्मक रूपमा अप्रभावित थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here