कोशीमा नयाँ सरकार गठनको आह्वान



काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।


मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८० असोज २७ गते गठन भएको सरकारलाई तत्कालीन अवस्थामा प्रदेश सभाका बहुमत सदस्यहरूको विश्वासको मत प्राप्त भएका थियो । तर २०८० चैत २६ गते ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी निवेदन पत्र प्राप्त भएको, कोसी प्रदेश सभा सचिवालयको २०८१ वैशाख १० गतेको पत्र मार्फत कोसी प्रदेश सभामा पेस भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको साथै उक्त सचिवालयको वैशाख २६ गतेको पत्र मार्फत संवैधानिक व्यवस्था बमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here